काठमाडौं । पाकिस्तानमा भारतीय आक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
पाकिस्तानी सेनाले पत्रकार सम्मेलन गरेर अहिलेसम्म २६ जना नागरिकको मृत्यु भएको जानकारी दिएको हो । त्यस्तै आक्रमणमा ४६ जना घाइते भएका छन् । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले भारतको हवाई आक्रमणको भर्त्सना गरेका छन् र कडा जवाफ दिने चेतावनी समेत दिएका छन् ।
त्यस्तै पाकिस्तानले पाँच भारतीय फाइटर जेट खसालेको दाबि गरेको छ यद्यपी यसको भारतीय पक्षले पुष्टि गरेको छैन । पाकिस्तानी सेनाले आफ्नो हवाई क्षेत्रमा आएका पाँच भारतीय लडाकु विमान खसालेको दाबि गरेको हो ।
पाकिस्तानले संयुक्त राष्ट्र संघलाई भारतको हवाई आक्रमणको जवाफ दिने अधिकार आफुलाई भएको बताएको छ ।