काठमाडौं । पाकिस्तानले भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण लिएको छ ।
भारतले गरेको हवाई हमलाको विरोध गर्दै पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो । विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई आक्रमणहरू पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशहरू बीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन भएकोप्रति पनि सचेत गराएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने कुटनीतिज्ञमार्फत चेतावनी दिएको छ । मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।
भारतले जम्मू कश्मीरको पुंछमा नियन्त्रण रेखामा पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको पनि बताएको छ ।