काठमाडौं । केटो सोझो छ, सहज ठाउँमा पठाइदेउ मेरो पुरेत पुत्र हो । कुनै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले नै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मालाई भनेको शब्द हो यो । सोझो मान्छेले अनुसन्धान विभाग हाँक्न सक्छ ? जबकि विभागमा टेकेन्द्र कार्की जस्ता हकी र स्पष्ट वक्ता कमाण्डर प्रमुख बन्ने क्षमता र योग्यताका हुन् । उनी कर्णालीका ओम जोशी, सुदूरपश्चिमको संगठन हाँक्न सक्दैन भन्दै शेरबहादुर देउवाले हुतराज थापालाई प्रमुख बनाएका थिए । आज त्यही असक्षमलाई विभाग प्रमुख कसरी बनाउने हो ?
गृहमन्त्री रमेश लेखकका नाति पर्ने, सभापति देउवाको पुजारी पुत्र नै ओम जोशीको योग्यता हो । अहिले नै विभागले उनलाई अपरेसन विभाग दिएको छैन । त्यस कारण उनको क्षमता कार्यकुशलतामा कमजोर छ भन्नु हो । पुजारीपुत्रकै कारण ओम जोशी विभाग प्रमुख भएमा शेरबहादुर देउवाका भतिज भानु देउवा र प्रकाश देउवाले राष्ट्रिय अनुसन्धान विभाग चलाउने छन् । राष्ट्रिय अनुसन्धान विभाग कर्णाली प्रदेशको पार्टी कार्यालय बन्ने खतरा रहेको सूत्रको भनाई रहेको छ ।
हुतराज थापाको कार्यकाल भदौसम्म छ । आफूले संगठन छाड्दा क्षमता र कार्यकुशलतामा दृढ सहयात्रीलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
तर यसपटक टेकेन्द्र थापा जस्ता उपनिर्देशकलाई अन्याय गर्दै देउवा र गृहमन्त्री रमेश लेखक नातावाद हावी हुँदा गुप्तचर पंगु बन्ने देखिन्छ । किनकि जोशीलाई प्रमुख बनाउनु भनेकै देशको सुरक्षा संयन्त्रलाई ध्वस्त बनाउनु हो । कांग्रेसले घुस खाएर २४ घण्टे र १२ घण्टे एआइजी बनाएर नेपाल प्रहरी मार्फत वार्षिक ५÷७ करोड राजस्व सक्ने काम विगतमा गरेका थिए ।
ओम जोशीलाई तीन महिना विभागको निर्देशक बनाएर राज्य स्रोतबाट प्रमुखको पेन्सन खाने बाटो खुलाउने बाहेक अरु काम भएको छैन । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो । राज्य संयन्त्र सशक्त बनाउने र देशको हित, व्यवस्थाको रक्षा गर्ने, सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभागलाई समयानुकूल बनाउनुपर्छ भन्ने चिन्ता सत्तामा रहनेहरूमा छैन । थापाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार त गराए, तर विभागको महत्व र आवश्यकताप्रति सरकार गम्भीर छैन ।