यस्तो छ परराष्ट्र मन्त्रालयमा कर्मचारीको हर्कत

राजनीति समाचार

काठमाडौं । शक्तिकेन्द्र निकट भएकाहरु कसरी परराष्ट्र मातहतका आकर्षक निकायमा पुग्छन्, पछिल्लो दुई उदाहरण काफी छ । जस्तो गत फागुनतिर गृह मन्त्री रमेश लेखकका भतिज विन्देश्वरप्रसाद लेखकलाई हङकङको महावाणिज्यदूत पदमा नियुक्त ग¥र्यो । लेखक आठ महिना अगाडि नै बेइजिङको इकोनोमिक मिनिस्टरका रुपमा नियुक्त सिफारिस भएका थिए तर उनी खटाएका ठाउँमा गएनन् । आठ महिनासम्म परराष्ट्र मन्त्रालयमा बसेर उनी आफूले खोजेकै निकायमा जान सफल भए । गत साउनमै सरकारले भरत खनाल ग्वान्जाओ, लक्ष्मीप्रसाद निरौला ल्हासा र झक्कप्रसाद आचार्यलाई कलकत्ता खटाएको थियो तर उनी आठ महिनासम्म अटेरी गरेर बसेर खोजेकै ठाउँमा ‘पोस्टिङ’ भेट्टाए ।

उसो त विन्देश्वरलाई पनि अर्काे श्रीकृष्ण नेपालका रुपमा चिन्छन्,परराष्ट्रका कर्मचारीहरु । उनी शाखा अधिकृत हुँदा उपसचिव जाने गरेको विश्व बैंकमा जागिर खान गए । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई तानेर उपसचिव नरेन्द्र पाण्डे गएका थिए । विश्व बैंकबाट फर्किएपछि ६ महिना अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा अन्तर्गत काम गर्नुपर्नेमा उनी राजस्व अनुसन्धान कार्यालय, ईटहरी पुगे । ०७३ सालका उपसचिव हुन विन्देश्वर । उपसचिव हुँदा कपिलवस्तुको कृष्णनगर भन्सार चलाए । अनेकन लफडामा मुछिएपछि उनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगे र जापान अध्ययनका लागि गए । मालदार ठाउँमा बसेर जागिर खाने,नपाए वैदेशिक अध्ययनका लागि दौडने । खोजेको ठाउँमा नियुक्ति नपाएसम्म जागिर खानै नजाने कर्मचारीका रुपमा विन्देश्वरलाई चिन्छन्,कर्मचारीहरु ।

विन्देश्वरलेझैं पार्वती अर्यालले पनि महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् । अर्याल एकनारायण श्रम सचिव हुँदा ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा थिइन । त्यहाँबाट राष्ट्रिय महिला आयोगको सचिव हुँदा डेपुटी गभर्नर वम बहादुर मिश्रलाई खुइल्याउने अभियानमा लागिन्। वमबहादुरलाई खुइल्याएर निलम ढुङ्गना गभर्नर बन्ने लाइनमा थिइन । सोही लाइनमा पार्वतीले सघाउँदै आएको बिषय महिला आयोगको आयुक्त कृष्ण कुमारी खतिवडाले सार्वजनिक रुपमा लगाउँदै आएकी थिइन ।

झण्डै १५ महिना महिला आयोगमा बिताए पछि पार्वती केही अघिमात्र भन्सार जाँचपास पछिको परीक्षण कार्यालय प्रमुखको जिम्मेवारीमा पुगिन । मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख पहिलो साता अर्थ मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकी अर्याललाई सोमबार परराष्ट्र मन्त्री स्तरीय निर्णयबाट चार वर्षे कार्यकालको लागि बेइजिङ खटाइएको छ । ०६२ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी अर्याल एकाएक परराष्ट्र हुँदै वेइजिङ पुग्नुमा कट्टेल थरी उनको श्रीमानको ठूलो भूमिका रहेको बताइन्छ । अर्यालको श्रीमान न्यायधीशको रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *