विद्युत्, टेलिकम, वायुसेवा निगम ‘धमिरा’को जालमा

राजनीति समाचार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका अधिकांश संस्थानहरु ‘धमिरा’हरुले भित्रभित्रै खोक्रो बनाइसकेका छन् । संस्थानभित्रको ‘धमिरा’कै कारण नेपाल वायुसेवा निगम जिर्ण अवस्थामा पुगेको छ । त्योसँगै हवाइ क्षेत्रको नियमक निकाय नागरिक उड्डयन प्राधिकरण पनि संस्थागत र व्यक्तिगत भ्रष्टाचारले भित्रभित्रै खोक्रिइरहेको छ । उता, राज्यलाई सबैभन्दा धेरै राजश्व बुझाउने नेपाल टेलिकम पनि भ्रष्टाचार र अनियमितताका कारण यतिबेला निकम्मा सावित हुन पुगेको छ । टेलिकमभित्रको चरम भ्रष्टाचारले गर्दा राज्यलाई राजश्व पनि अन्य संस्थाको तुलनामा न्यून बुझाएको छ ।

अर्कोतिर नेपाल विद्युत प्राधिकरणलाई तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ४६ अर्ब ४७ करोड नाफामा लगेको भन्दै सर्वसाधारण जनताको आँखामा छारो हाल्ने काम गरेका थिए । तर, त्यसको उल्टो घिसिङले प्राधिकरणलाई ५ अर्ब २६ करोड नोक्सानीमा पु¥याएको समाचार बाहिरिएको छ । घिसिङले प्राधिकरणमा आठ वर्ष जरा गाडेपछि प्राधिकरणभित्रका कर्मचारीहरुलाई राम्रैसँग गुमराहमा पारेका रहेछन् । तिनै कर्मचारीहरुले घिसिङसँग मिलेमतो गरेर बेलाबखत लोडसेडिङ गराउन थालेका छन् ।

त्यसलाई निहुँ बनाएर कुमालमानका समर्थकहरुले वर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यको विरोध गरिरहेका छन् । विद्युत प्राधिकरणलाई घाटामा पु¥याउनुको मुख्य कारण सार्वजनिक खरिद ऐनबिपरीत ठूला–ठूला विद्युत आयोजनाका ठेक्कापट्टहरु लगाउनु । कर्मचारीहरुलाई आवश्यकभन्दा बढी बोनस र ओटी दिनु । त्यसैगरी कर्मचारीहरुलाई यातायात, इन्धन, पोशाक भत्ता, खाजा खर्चलगायत विभिन्न सेवासुविधा दिनु । विद्युत विस्तारको लागि तार, पोल, ट्रान्समिटर जडान, मर्मत, सम्हारलगायतमा व्यापक कमिसनको खेलोफड्को हुनु ।

सार्वजनिक खरिद ऐनबिपरीत सामानको मूल्यभन्दा महंगो बिल बनाएर भुक्तानी गर्नुलगायत रहेका छन् । सरकार र कर्मचारीहरुलाई गुमराहमा पारेर प्राधिकरणलाई भित्रभित्र खोक्रो बनाएका घिसिङले आफू पदबाट हट्नुपरेपछि समर्थकहरुलाई उचालेर आन्दोलनमा उतारेका थिए । घिसिङ समर्थक केही मिडियाहरुले पनि उनकै वकालत गरिहेका थिए । तर, तिनीहरुलाई के थहा घिसिङको ‘देखाउने र चपाउने दाँत’ छुट्टाछुट्टै छ भनेर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *