काठमाडौं । वर्षासँगैको बाढीले डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो । प्रहरीले रोशी–१२ माम्तीस्थित बि.पि.राजमार्ग रोशी खोलाको बाढीले डाईभर्सन बगाई राजमार्ग अबरुद्ध भएकोको जानकारी दिँदै खुलाउने पहल भईरहेको बताएको छ ।
साथै प्रहरीले अर्को सुचना नआएसम्म बि.पि. राजमार्ग हुँदै जाने सवारी साधनहरु बाटो प्रयोग नगर्न हुन अनुरोध गरेको छ । प्रहरीले सडक खुलाउन प्रयास जारी रहेको र दिउँसोसम्म सडक सुचारु हुने सम्भावना रहेको बताइएको छ ।