विषाक्त मदिरा सेवन गर्दा भारतको पञ्जावमा १४ जनाको मृत्यु,पाँच गाउँहरूमा लक्षण पत्ता लगाउन चिकित्सा टोली घर-घरमा

विविध समाचार

काठमाडौं । भारतको पञ्जाबमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाको अमृतसरस्थित मजिठामा भएको यस घटनामा गएराती नक्कली मदिरा सेवन गरेपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको हो । प्रहरीले विषाक्त मदिराको मुख्य आपूर्तिकर्ता परबजीत सिंह सहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँ भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मानमा भएको बताइएको छ ।

पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ । प्रहरीले पाँच गाउँहरूमा लक्षणहरू पत्ता लगाउन चिकित्सा टोलीहरू घर–घरमा गएर काम गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *