काठमाडौं । नेपालमा पछिल्लो पटक पर्यटकको संख्यामा वृद्वि भएता पनि राजस्व उठ्न भने सकेको छैन । सरकारले पर्यटन क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रबाट पनि राजस्व उठाउन सकेको छैन । नेपालमा घुम्न आउने पर्यटकहरुले गर्ने औसत खर्च घट्दा त्यसले राजस्व संकलनमा प्रभाव पार्नुको साथै पर्यटनसँग सम्बन्धित व्यवसायीहरूलाई चिन्तित बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पर्यटकको बसाईं भिसाको अवधि र पर्यटकहरुलाई आकर्षक बनाउन नसक्दा राजस्व पनि कम उठ्ने गरेको छ । नेपालमा आउने पर्यटकहरुलाई विभिन्न भागमा विभाजित गरेको छ । धर्म संस्कृति अध्ययन, पर्वतारोहण, घुम–घाम आदि रहेका छन् । पर्यटनको मेरुदण्ड मानिने पर्वतारोहणका लागि आउने पर्यटकको खर्च र बसार्इं समय बढि हुने कारण समग्रमा औसत खर्च र बसाईं खर्च बृद्धि हुने गरेको छ । नेपालमा पर्यटकको संख्या ३७ प्रतिशतले कमी आएको देखाइएको छ । त्यस्तै धर्म संस्कृति अध्ययन गर्न आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएकोे छ ।
नेपालमा आउने पर्यटकहरूको संख्या क्रमिक रूपमा बढिरहेको भएपनि उनीहरूले गर्ने खर्च भने घटिरहेको पाइएको छ। चालु आवको अवधिमा चैतसम्म राजस्व संकलन लक्ष्य पनि भेट्टाउन राष्ट्रिय निकुञ्जलाई धांैधांै परेको छ । नेपाल घुम्न आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको विभिन्न तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अर्थतन्त्रमा आएको मन्दी, व्यवस्थित निति नियममा कमी कमजोरी, देशभित्रै अन्दोलनको द्वन्द्व, अविश्वासको वातावरणको कारण पर्यटन व्यवसायीमा कमी आएको छ । नेपालमा पूर्वाधार विकासमा कमी आएको छ । पर्यटनको लागि मुख्य गन्तव्य भनेको बाटोघाटो कमजोर बन्नु , पर्यटकहरु ठग्गिनु, बढी शुल्क लिनु जस्ता कारणले गर्दा नेपालमा पर्यटकहरु कम आउन थालेका छन् ।
पर्यटनको लागि पूर्वाधारदेखि पर्यटनसम्बद्ध पूर्वाधार दुवै कमजोर हुँदा यसले पर्यटन क्षेत्रलाई नै कमजोर बनाउँदै लगिरहेको छ ।
विश्वभर पर्यटकहरुले तीनदेखि साढे तीन हजार अमेरिकी डलर खर्चिएर एउटा मुख्य गन्तव्य घुम्न जाने–आउने गर्छन् । तर नेपाल आउजाउ गर्नका लागि केही पर्यटकले दुई हजार अमेरिकी डलरसम्म टिकटमा खर्च गर्ने गर्छन् । तर यसरी खर्च गरेतापनि ति पर्यटकहरुले लाभ लिन सकेका छैनन् ।