काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई गृहप्रशासनलाई चुस्तदुरुस्त बनाउन नसकेको आरोप त लागेकै छ । अहिले फेरि विपत व्यवस्थापनको नाममा आफ्नो गृहजिल्लामा अनावश्यक बजेट बाँडेको आरोप थपिएको छ । त्यसैगरी प्रहरी र सिडिओ सरुवामा व्यापक अनियमितता गरेको आरेप लागिरहेको छ । तर, गृहमन्त्री लेखकलाई गुमराहमा पार्ने काम चाहीं सचिव गोकर्णमणि दुवाडी र सह–सचिव छवि रिजालले गरिरहेका छन् ।
रिजालले अध्यागमन कार्यालयदेखि गृहमन्त्रालय मातहतमा रहेका अधिकांश कर्मचारीहरुलाई आफ्नो जालोमा पारी उ्ठ्तीपुठ्ती धन्दा चलाएको आरोप लागिरहेको छ । उनीविरुद्ध सञ्चार माध्यमहरुमा समाचार आए तापनि “हाम्रो प्रचार भएछ, ठिकै छ, पत्रकारहरुको लेख्ने काम हो, लेखिरहन्छन्” भनेर लाज पचाउने गरेको स्रोतले उल्लेख गरेको छ । हुन पनि गृहमन्त्रालयमा त्यस्तै भएको छ । गृहभित्रको समारचार बाहिर आउने डरले पत्रकारहरुलाई प्रवेश निषेधजस्तै गरिएको छ । सिडिओ हुन सहसचिव हुनुपर्नेमा कतिपय जिल्लाहरुमा उपसचिवले सिडिओ चलाइरहेका छन् । त्यसले गर्दा पनि सचिव दुवाडीमाथि प्रश्नचिन्ह खडा भएको छ । सचिव दुवाडी खान र खुवाउन त्यत्तिकै माहिर भएको बताइन्छ ।
दुवाडी तत्कालीन भूमि सचिव हुँदा भूमाफियासँग मिलेमतो गरेर सरकारी जग्गा दर्ता गर्न लगाएर अकुत सम्पत्ति आर्जन गरेको भूमिमन्त्रालयतिर सुनिन्छ । सो सम्पत्तिको आडमा गृहमन्त्रालयमा पुग्न सफल भएको समेत स्रोत बताउँछ । अहिले गृहसचिव भएपछि सिडिओ, प्रहरी र अध्यागमन कार्यालयमा सेटिङ गरेर उठ्तीपुठ्ती धन्दा चलाएको समेत गृहभित्रकै एक कर्मचारीले नाम नबताउने शर्तमा तामाकोशी सन्देश प्रतिनिधिलाई उल्लेख गरेका छन् । त्योसँगै सशस्त्र, जनपथ र गुप्तचरका कर्मचारी सरुवामा पनि ठूलो चलखेल गरेको आरोप दुवाडी र रिजालमाथि लागेको छ ।