सहायता लिन आएका प्यालेस्टिनीमाथि गोली हानिएको विषयमा छानबिन गर्न गुटेरेसको माग

विविध समाचार

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सहायता सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको अनुसन्धान गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले एक विज्ञप्ति जारी गर्दै खाना लिन आएका प्यालेस्टिनीमाथि भएको गोलीवारीको छानबिन गर्न माग गरेका हुन् । प्रत्यक्षदर्शीहरूले इजरायल र अमेरिकाको समर्थनमा गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित सहायता वितरण केन्द्रमा उनीहरूमाथि गोली चलाइएको थियो ।

रेडक्रसले सो घटनामा १७९ जनालाई गोली लागेको र २१ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै, हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले यी मृत्युको संख्या ३१ पुगेको बताएको छ ।

गाजामा धेरै हप्ताको नाकाबन्दी पछि, गाजा मानवीय फाउन्डेसनले हालै खाद्यान्न र अन्य सहायता सामग्री वितरण गर्न थालेको थियो । यो फाउन्डेसनको संयुक्त राष्ट्र संघको जस्तो प्रभावकारिता नभएको भन्दै आलोचना गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *