अछाममा जंगली च्याउ खादा तीन जना बालबालिका बिरामी

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अछाममा जंगली च्याउ खादा तीन जना बालबालिका बिरामी परेका छन्।

घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएर बिरामी परेका हुन् । बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्। तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकलाई आग्रह गरेको छ। बर्खायाम सुरुभएसँगै सुदूरका पहाडी क्षेत्रका स्थानीयले खोजी खोजी जंगली च्याउ खाने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *