ऐतिहासिक कांस्य पदक विजेता गुरुङलाई विमानस्थलमा भव्य स्वागत,नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक

खेलकुद समाचार

काठमाडौं । कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ ।

६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् । एरिका गुरुङले कराते १ प्रिमियर लिगमा नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक जितेर नेपालको गौरव बढाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *