विश्वकप खेल्न पाकिस्तानी महिला क्रिकेट टिम भारत नआउने

खेलकुद समाचार

काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू अब भारतको सट्टा श्रीलंकामा खेलिने भएका छन् ।

आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतमा हुने महिला क्रिकेट विश्वकपमा पाकिस्तान भारत आउन अस्वीकार गरेपछि यस अघि सम्पन्न पुरुष च्याम्पियन्स ट्रफीको मोडलमा प्रतियोगिता हुने भएको हो । आइसीसीले पाकिस्तानका खेलहरु श्रीलंकामा हुने र अन्य खेलहरु भारतमा हुने जानकारी दिएको छ ।

भारतमा यी खेलहरू बेंगलुरु, गुवाहाटी, इन्दौर र विशाखापट्टनमस्थित क्रिकेट मैदानमा आयोजना हुनेछन् भने श्रीलंकामा यी खेलहरू कोलम्बोमा आयोजना हुनेछन् ।

पाकिस्तानको श्रीलंकामा सात समूह खेलहरू हुनेछन्। यसमा भारत र इङ्गल्याण्ड विरुद्धका खेलहरू समावेश छन् । पाकिस्तान सेमिफाइनल र फाइनलमा पुगेमा भने ति खेलहरु श्रीलंकामा हुनेछन अन्यथा भारतमा हुने आइसीसीले जनाएको छ ।

यस पटक महिला एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतसहित ८ देश सहभागी हुँदैछन् । जसमा भारत, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।

विश्वकपको उद्घाटन खेल सेप्टेम्बर ३० मा हुने छ भने फाइनल खेल नोभेम्बर २ मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *