राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने

राजनीति समाचार

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् ।

राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन शुरु हुने जानकारी गराएको हो । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरुले बताएका छन् ।

जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *