काठमाडौं । कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक)चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।
लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागेकोले जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो ।
कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।