ओलीको शरणमा चन्द

राजनीति समाचार

काठमाडौं । नेकपा चन्दको राजनीतिस्तर खस्कँदो छ । चुनावमा भाग लिने रहर गरेका तर निर्वाचन सम्बन्धी ज्ञामन नहुँदा क्रान्तिकारी नेत्रविक्रम चन्दले साहरा खोज्दै छन् । त्यस कारण नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटनसत्रमा नेत्रविम आफै पुगे । नेपाली कम्युनिष्ट पार्टीले देव गुरुङलाई पठायो । उनले कम्युनिष्टहरुबीच विचार, सिद्धान्त र कार्यक्रमको आधारमा एउटै मोर्चामा जुट्नु पर्ने वताउँदा नेत्रविक्रम चन्दले केपी ओलीको भाषणमा जेनजी सरकारलाई सहयोग नगर्ने अवैधानिक भन्न भ्याए । जवकी त्यो उनको भाषण थिएन् । नेकपा एमालेसँग अरु पार्टीले चुनावी गठवन्धन गर्ने छाँट छैन ।

नेकपाका नेत्र विक्रमलाई कापिलवस्तु वा रोल्पा, खड्ग विकलाई कालीकोट छाड्न नेकपा एमालेलाई अप्ठयारो छैन । किन की कालिकोटमा एमाले नै कमजोर छ । रोल्पामा पनि माओवादीको हाईफाइनै चर्को छ । एमाले अध्यक्षलाई माओवादीबाट आएका रामवहार र थापा र लेखराज महलाई उपाध्यक्ष र उपमहासचिव दिलाउँदा आफ्नै सारथीहरुले आफैलाई त्यागेको पत्तो भएन ।

कृष्ण गोपाल श्रेष्ठ जस्ता व्यक्ति कुनै बेला ‘केपी ओली फूटबलको पेले हो, कोही माइकलाल छ, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने ?’ भनेर डुक्रिनेहरु पनि छुटे । कुनै बेलाका भक्त गोकुल बास्कोटाले पनि छाडे । यस्तो अवस्थामा नेत्रविक्रम चन्दले ओलीलाई देशर्कै राष्ट्रवादी र देशभक्त ठान्नु स्वभाविकै हो । भारतले अतिक्रमण गरेको लिम्पीया धुरा लिपुलेक समेटेर चुच्चे नक्सा जारी भयो । तर पाठ्य पुस्तकमा त्यो चुच्चे नक्सा समेट्न खुट्टा कमाउने दिन आउला भन्ने सोचेका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *