ऐतिहासिक उपलब्धि भन्दै नेपाली महिला क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट टिमलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महिला टिम आइसीसी महिला टी-२० विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा छनौट भएकोमा बधाई दिदै ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरेका हुन् ।

उनले नेपाली महिला क्रिकेट टिम टी-२० विश्वकपको ग्लोबल छनोटमा पहिलोपटक प्रवेश गरे भन्दै यो नेपालका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् । नेपालले आजै सम्पन्न खेलमा युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल क्वालिफायारमा छनौट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *