काठमाडौं । अति भएपछि खति हुन्छ भन्ने उखान नेपाली उखानमा लागू हुने गरेको छ । अति भएपछि लाज हराउँछ प्रभु । देशको विकास भएकै छ, प्रगतिशील लेखक संघमा एमालेका डा. देवी दुलाल आए । दुलालले देशभर विकास देखेका छन् । सुनकोशी मरिन डाइभर्सन, मदन भण्डारी लोकमार्ग, पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्गजस्ता सडक विस्तार केपी ओलीकै पालामा घोषणा भएका हुन् । उनी अहिले प्रधानमन्त्री छन् । राजनेता डा.बाबुराम भट्टराई नामक पुस्तक लेखेर चर्चामा नआएपछि डा. दुलाल नेकपा एमाले इलाम फर्किए ।
दुलालले केपी ओलीको चाकरी गर्नाले राम्रै ठाउँ पाए महासचिव पछि अध्यक्ष पद हो ।
डा. दुलाल सबैतिर विकास देख्छन् । बाबुले २६ रुपैयाँको नुन डा. मोती दुगडले ४६ रुपैयाँमा बेच्ने गरी उद्योगमन्त्रीले तयार पारेको सिन्डिकेट फाइल चासो दिँदैनन् । यस्तै बुद्धिजीवी एमालेमा धेरै छन्, जो लोडसेडिङको नाममा लुटेका छन् । एमाले चितवनको आर्थिक स्रोत भएको छ । डा. देवीहरूलाई यो मन परेको छैन । सडक बनेका छन्, भुक्तानी दिइँदैन । ठेकेदार कांग्रेसका छन् ।
प्रधानमन्त्री र अर्थमन्त्री एमालेका भएपछि मुलुक बन्छ कसरी । त्यसैकारण, अब देवी दुलालको प्रलेसको कविता भन्छ, मसालको नाममा कहिले राप्रपा कहिले राजमो भन्दै गर्दा बैरागी जेठाले धानेको संस्कार र डा. देवी दुलालले धानेको नेकपा एमाले एउटै कोटिका हुन् । सहकारी ठग मृदुला कोइरालाको लागि कतै कसैले छानबिन गर्नुहुन्न किनकि प्रधानमन्त्री केपी ओलीको मोरङको राजनीति धान्न पनि त्यस्तालाई कारबाही गर्दा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल भड्किनु हुन्न । त्यस्ता कुरा एमाले बुद्धिजीवीका लागि गौण हुन् । त्यसैकारण, डा. दुलालले जताततै विकास देख्ने व्यक्ति हुन् ।