काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कर्मचारी चलायमान बनाउन नसकेको आरोप कर्मचारीभित्रैबाट लाग्न थालेको छ । मन्त्री गुप्ताले मन्त्रालय सम्हालेको एघार महिना लागिसक्दा पनि कर्मचारी सरुवामा मनपरीतन्त्र गरेर सह–सचिवलाई वाइपास गरी स्थानीय निकायमा उपसचिव खटाएर मोटो रकम असुलेको समेत गुनासाहरु कर्मचारीभित्रबाटै आइरहेको छ । प्रायःजसो तराई मुलका कर्मचारीहरुलाई स्थानीय तहमा कार्यकारी अधिकृत बनाएर पठाउने र पहाडी मुलका कर्मचारीहरुलाई बाइपास गर्ने गरेको आरोप मन्त्री गुप्तामाथि त्यत्तिकै छ ।
उता नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले पनि मन्त्रीसँगै मिलेमतो गरी कर्मचारी सरुवामा ठूलो आर्थिक लाभ लिँदै सुगमनका कर्मचारी दूर्गम र दूर्गमका कर्मचारीलाई सुगममा पु-याउने काम गर्दै आएको गुनासाहरु त्यत्तिकै छन् । अधिकारी महासचिवमा चयन भएको तीन महिनाको अवधिमा कर्मचारी संगठनको हकहितमा काम गर्नुको सट्टा आफ्ना आसेपासे र खाने–खुवाउने कर्मचारीलाई मालदार अड्मा पु¥याएर रकम असुल्ने काम मात्रै गरेको कर्मचारी संगठनबाटै गुनासो आउने गरेको छ ।
एमालेकै मन्त्री भएकाले पनि कर्मचारी संगठनका नेताहरु मालामाल हुने गरेको कर्मचारीहरुको आरोप छ । कर्मचारी संगठनकी बहालवाला अध्यक्ष भवानी बराल न्यौपाने थपनाको रुपमा स्थापित भएको, कर्मचारीहरुको आरोप छ । अध्यक्ष भवानीले कर्मचारीको हकहितको भन्दापनि व्यक्तिगत फाइदामा मात्रै केन्द्रित भएको र कर्मचारी संगठनको काम नगरेको कर्मचारीहरुको गुनासो छ । संगठनमा एकलौटी ढंगले महासचिव अधिकारी हावी भएर तत्कालीन अध्यक्ष पुण्य ढकालको इरासामा चल्ने गरेको आरोप त्यत्तिकै छ ।
एमाले निकट कर्मचारी संगठनभित्र कर्मचारीहरुको हकहितमा काम गर्ने र कर्मचारी संगठनलाई चलायमान बनाउनुको सट्टा गुटबन्दी गरेर आगामी महाधिवेशनको लागि अहिलेदेखि कार्यसमितिको खेलोफड्को सुरु हुन थालेको कर्मचारी भित्र चर्चा चलेको छ । हालका कार्यसमितिका पदाधिकारी र सदस्यहरु पाखालाग्दै गएकोसमेत आरोप छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर मन्त्रीले तिनै कर्मचारी संगठनका नेताहरुलाई प्रयोग गरेर मालदार स्थानीय तहमा छानीछानी उपसचिवहरुलाई कार्यकारी अधिकृत बनाएर स्थानीय तहमा पठाएका छन् भने सह–सचिवहरुलाई बरन्डामा राखिएको मन्त्रालयमा चर्चा चल्न थालेको छ ।