युक्रेनमाथि रुसले गरेको आक्रमणको ट्रम्पद्वारा विरोध,एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु

विविध समाचार

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् ।

रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको छ । उनले सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत् युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुनुको साथै रुसमा अझैं प्रतिबन्ध लगाउने चेतावनी समेत ट्रम्पले दिएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्कीले जसरी कुरा गर्छन्, त्यसबाट उनको देशको भलाइ हुँदैन । उनको मुखबाट निस्किने हरेक कुराले समस्या पैदा गर्दछ । मलाई यो मन पर्दैन । यसलाई रोक्नु नै राम्रो हुन्छ ।’भनि उल्लेख गरेका छन् । पछिल्लोपटक रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्कीले अमेरिका चुप लागेर युक्रेनमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *