राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान शुरु

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *