काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेस गरेका हुन् । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।
चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगततर्फ ८३ प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।
स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ । २०८१ फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । लगानी बोर्डबाट चालु आव फागुनसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल समेत जोड्दा मात्रामा सडक कालोपत्र भएको देखिएको छ ।
यस अवधिमा ८ हजार २ सय ४ किलोमिटर खण्डस्मित र ८ हजार ७ सय ६५ किलोमिटर सडक कच्ची पुगेको छ । देशभरि सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको अर्थ मन्त्रालयले जनाएको छ । खानेपानीतर्फ फागुन २०८१ सम्म आधारभूत खानेपानी सेवा पहुँच ९६.८५ प्रतिशत जनसंख्यामा पुगेको छ । प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन भएको छ ।
विशेष अनुदान प्रदेशको लागि ३ अर्ब २७ करोड र स्थानीय तहको लागि ९ अर्ब ७८ करोड विनियोजन भएको उनले बताएका छन् ।
