आलमसहित चार जनालाई उच्च अदालत वीरगञ्जले सफाई दिएको विषयमा माओवादी उपाधयक्ष श्रेष्ठको आपत्ति

राजनीति समाचार

काठमाडौ ।नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमसहित ४ जनालाई उच्च अदालत जनकपुरको वीरगञ्जले सफाई दिएको छ ।

इँट्टाभट्टमा ज्युउँदै मानिसलाइ जलाएको अभियोगमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका बुधबार नख्खु कारागार जेलबाट रिहा भएका हुन्। यस विषयमा नेकपा माओवादी केन्द्रका उपाधयक्ष नारायणाकजी श्रेष्ठले आपत्ति समेत जनाएका छन् । न्यायाधीश डा.खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको विषयमा अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको समेत उनले उल्लेख गरेका छन् ।

आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *