सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घट्यो, सबै बालीहरुको उत्पादन बढ्ने

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ ।

आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ । अर्थमन्त्री विष्णु पैडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार लाभांश ३५ प्रतिशत घटेको पाइएको हो । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।

नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८‍.६५ प्रतिशतले बढेको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा प्रतिशत रहेको छ। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।

संसदमा प्रस्तुत भएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार बालीहरुको उत्पादन बढ्ने अनुमान सार्वजनिक भएको हो । धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ । यस्तै, औद्योगिक बालीको उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल बाली ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *