संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक,बजेटमाथिको छलफलको समय निर्धारण

राजनीति समाचार

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतक तथा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सम्भामुखको सचिवालयका अनुसार सभामुखले बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतक तथा मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *