उड्डयन मन्त्रालयका लागि १३ अर्ब बढी विनियोजन, खेलकुदमा अहिलेसम्मकै बढी बजेट

अर्थ/वाणिज्य राजनीति विविध समाचार

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । त्यस्तै उनले निजी क्षेत्रको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्डयन सम्बन्धी तालिम तथा प्याराग्लाइडिङ, स्काइड्राइभिङ जस्ता साहसिक पर्यटनमा प्रयाग गरिने जनाएका हुन् । साथै आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *