काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गर्नुको साथै अर्थमन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेका हुन् ।
यसैगरी, खानीजन्य पदार्थको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने उनले बताए । साथै मन्त्री पौडेलले आगामी आर्थिक वर्षमा नेपाली नागरिकलाई विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री पौडेलले बजेट भाषण गर्दै ‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्था गरिनेछ ।’ उनले जानकारी गराएका छन् ।