युनिएनले आगामी २० महिनामा २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय,अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी

विविध समाचार

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (युएन)ले आगामी २० महिनामा आर्थिक सङ्कटका कारण २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ।

समाचार एजेन्सी रोयटर्सको समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले खर्च कटौतीसम्बन्धी निर्णय लिएका छन् र युएनले अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी रहेकोले आर्थिक सङ्कटका कारण २० प्रतिशत कर्मचारी कटौती गर्न लागिएको उल्लेख गरेको हो ।

यसबाहेक नियन्त्रकलाई उद्धृत गर्दै २०२६ सम्ममा लगभग सात हजार जागिरहरू कटौती गर्ने तयारी भइरहेको बताइएको छ । साथै पछिल्लो समयमा ट्रम्पको सल्लाहाकारका रुपमा रहेका अर्बपति उद्योगपति एलन मस्कले विवादास्पद र लागत बढाउने कानुनसँग असहमति जनाउँदै आफ्नो राजीनामाको घोषणा गरेको समयमा यो समाचार प्रकाशनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *