काठमाडौं । सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले ऐन ल्याई निजी सवारीसाधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् ।
दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिंदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।