राहुघाट जलविद्युत् आयोजनाको भौतिक काम ८१ प्रतिशत सम्पन्न

विविध समाचार

काठमाडौं । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको हो ।
यो आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ बराबर छ । आयोजनामा एक्जिम बैंक अफ इन्डियाको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी रहेको छ । बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

आयोजना आगामी पुस महिनामा सक्ने लक्ष्य छ । आयोजना निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुई लटमा विभाजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *