गायक तथा संगीतकार रसिकको ७८ वर्षमा निधन

कला-साहित्य समाचार

काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ । ७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए ।

हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएका हुन् । भोजपुरका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । रसिकले कथासंग्रह, गीतसंग्रह, उपन्यास जस्ता कैयौं कृतिको सिर्जना गरेका छन् ।

यस बाहेक उनले रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाको नेतृत्वमा रहेर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *