काठमाडौं । अब काठमाडौंका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाइने भएको छ ।
लगातारको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि जिल्ला प्रशासन कार्यलय, काठमाडौंले निषेधाज्ञा जारी गर्दै काठमाडौंका सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेकअन्य क्षेत्रमा अनसन, जुलुस, धर्ना, घेराउ प्रदर्शन र सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार काठमाडौंको सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्दै यी क्षेत्र बाहेक अन्य क्षेत्रमा निषेध गरिएको आदेश जारी गरेका हुन् । यो निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ ।
राजावादीसहित अन्य विभिन्न समुहको हरेक दिनको प्रदर्शनले काठमाडौंको यातायत व्यवस्था अस्तव्यस्त हुदा नागरिकले सास्ती बेहोर्नुपरे पछि सरकारले यस्तो कदम चालेको दाबि गरिएको छ ।