लुटन सके लुट कान्छा अरु देशमा छैन छुट हाम्रै देशमा छ छुट

राजनीति समाचार

नेपाल यस्तो देश हो जहाँ देशको प्रतिनिधित्व गर्ने व्यक्ति नै चोरी, माफिया तस्करीमा संलग्न रहेका छन् । आर्थिक वर्षको अन्त्यतिर अवैध रुपमा कसरी गुणस्तरहीन काम गरी बजेट सिध्याउनेतिर कर्मचारी र राजनितिक दलहरुको ध्यान जाने गरेको छ । यसप्रति राज्यका हरेक निकाय जानकार हुँदापनि मुखदर्शक बन्ने काम बाहेक अन्य केही काम हुन सकेको छैन ।

जुन सुकै दलको सरकार बनेतापनि हुने र देखिने काम भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचार गर्नेहरुले पुस्तौं पुस्तालाई पुग्ने गरी सम्पत्ति आर्जन गरेका छन् । आफु र आफन्तलाई देश विदेशमै घुमाउने र रमाउने काम गर्दै आएका छन् । यस बाहेक सरकार र कर्मचारीले जनताको लागि कुनैपनि प्रगतिशील काम गरेको देखिदैन । लुट्न सके लुट् कान्छा भने जस्तै कर्मचारी र राजनीतिक दलहरुले देश लुटी राखेका छन् । अरु देशमा पाइँदैन नेपालमै हो छुट् भन्ने बोलको गित नेपालको लागि उखान नै बन्न पुगेको छ ।

देशको आवश्यकता अनुरुप नेपाली जनतालाई आर्थिक भार पर्दा पनि भोलिका दिनमा देश कै भलो हुन्छ भनि गाउँ–गाउँमा सिंहदरबार भन्ने मुल नाराका साथ हामीले स्थानीय सरकार जस्तो बलियो सरकारको निर्माण गर्यौं तर के उपलब्धि भो भने देशका सातै प्रदेशका स्थानीय सरकारका प्रदेश प्रमुखले आफ्नो मनपरी ढङ्गले भ्रष्टाचार गरेको समाचार संचार माध्यममा सुन्न मात्र पाइयो । तर, सर्वसाधरण जनताको लागि काठमाडौंको सिंहदरबारमा गाउँ–गाउामा भन्ने उखान सपनामै हराएको छ । तर, यो विषय त्यतिकै सेलाएर नै गयो । बलियो, तथ्य प्रमाण हुँदाहुँदै पनि पैसा, पावर र बलले यो विषयको बारेमा कहि कतै चर्चा भएको पाइँदैन ।

जुन दलको सरकार सत्तामा पुग्छ त्यसले गर्ने भनेको आफ्नो र आसेपासेको कसरी हुन्छ भलो गर्ने, देशको ढुकुटी रित्याउनेदेखि लिएर कालो धनलाई कसरी सेतो धन बनाउने र विपक्षी दलका नेतालाई उखान, टुक्का मै व्याङ्गे गर्ने गर्छन् भने जनताको पछाडि चाहि एउटै टेबुलमा बसी मार्सी चामलको भात, मासु र ब्रान्डेट वियर पिउने गर्दछन् । जे होस् यो परम्पराको सुरुवात नेपालबाटै भएको हो । तर, यसको अन्त्य कहिले हुन्छ त्यो, कि उनीहरु जानुन् कि उनीहरुलाई नेता बनाउनेहरु नै जानुन् ।

वर्षौं देखि देशको बागडोर सम्हालेका राजनितिक दलको हर्कत् भनेको माफीयासँग मिलेर रातारात सुनको चोरी तस्करी,हत्या, बलात्कार, जग्गा कारोबार,करछली, भुटानी शरणार्थी काण्डले देश काण्डमय भएको छ, भने अर्कोतिर देश नै विश्वमा नै बदनाम भइरहेको छ । राजनीतिक स्थायित्व स्थापित गरेर देशलाई सम्मुन्नतिको शिखरमा पु¥याउने बाचा गरेका तमाशेबाजहरुले थरीथरीका काण्डहरु मच्चाएर आफू मात्रै बदनामको पात्रहरुमा दरिएनन्, देशलाई विश्वसामु बदनामसमेत गराएर आफू कथित मोजमस्तीमा रमाइरहेका छन्। देश अयोग्य पात्रहरुको कारण पटक–पटक विश्वसामु बदनाम भइरहेको छ।

नेपाली जनताले यो तमाशाको अन्त्य होस्र भन्ने मनसायले २०७२ सालमा जारी भएको संविधान अनुसार २०७९ साल मंसिर चार गते दोस्रो निर्वाचनमा नयाँ अनुहारहरुलाई अगाडि ल्याए तर, उनिहरुको हर्कत पनि पानी माथिको ओभानो जस्तै नै भएको छ । सहकारी प्रकरण, सामाजिक संजालमा स्टन्ट (प्बलिसीटी) बाहेक काम नै यहि हो भन्दै देश नै स्टन्टमय बनाउने भन्दा खासै उपब्धिको कामहरु गरेको भटिदैन ।

नेपाली राजनितिज्ञहरुको प्राय पृष्ठभूमि भनेको एकदमै न्यून वर्गीयबाट रहेको छ । एक छाक मकै अर्को छाक भोकै भन्ने राजनितीज्ञको अहिले देशमा मात्रै होइन विदेशमापनि अर्बौंको समपत्ति रहेको समाचारमा हामीले सुन्दै आएका छौं । दुधको साचि बिरालो भनेझैं यिनीहरुको अनुसन्धान गर्ने हो भने चोखो भेट्न हामीलाई मुस्किल हुन्छ । यि तमाशेबाज र स्टन्ट बाजका कारण सच्चै भन्ने हो भने नेपाली जनता सारै अन्यायमा परिरहेका छन् । के साच्चिकै देशले नयाँ समयको च्यादर फेर्ला र ? विगत र वर्तमान जसरी नै नेपाली जनताको भविष्य पनि यसरी नै कतै बित्ने त होइन भन्ने ठूलो प्रश्न आम जन मानिसमा उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *