संसद बैठक अघि भिजिट भिसा प्रकरणबारे विपक्षी दलहरुको छलफल जारी

राजनीति समाचार

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

आज प्रतिनिधि सभाको बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक बसिरहेको हो ।

बैठकमा आज सरकारले संसदको बैठक जबर्जस्ती संचालन गर्नसक्ने भएकाले त्यसको विरुद्ध रणनीति बनाउने बताइएको छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको बैठक सुचारु हुन नदिने अडान लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *