विश्वकप लिग २ मा नेदरल्याण्डसविरुद्ध नेपाल पाँच विकेटले विजयी

खेलकुद समाचार

काठमाडौं । नेपालले नेदरल्याण्डसलाई ५ विकेटले पराजित गरेको छ ।

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य पछाएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा आरिफ सेखले सर्बाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले १९, गुलशन झा र भिम सार्कीले ११–११ रन बनाएका थिए ।

टसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुँदै २२५ रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि नोह क्रोएसले सर्बाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिएका थिए ले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

यो नेपालको यस सिरिजमा लगातार दोस्रो जित हो । नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो । यो जितपछि नेपालको विश्वकप लिग–२ मा १४ खेलमा १० अंक भएको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको २१ खेलमा २६ अंक रहेको छ र दोस्रो स्थानमा कायम छ ।

अब सिरिज अन्तर्गत अर्को खेल शुक्रबार नेदरल्याण्डस र स्कटल्याण्ड खेल्ने छन् भने नेपालले आइतबार स्कटल्याण्डको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *