नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै

विविध समाचार

काठमाडौं । आज विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ ।

नेपालमा विश्व वातावरण दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्था, सरकार निकाय र स्थानीय तहले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *