अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि शुरु, ३२ वर्षे उमेर हदसँगै १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग

विविध समाचार

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन शुरु हुँदै छ ।

महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् । महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।

उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ । ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *