विदेशी भूमिमा नेपालीको जिन्दगी

राजनीति समाचार

काठमाडौं । सुरक्षित व्यवस्था, सुशासन, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य प्रणाली र पेसागत अवसरको खोजिमा धेरै नेपाली युवा विकसित राष्ट्रहरुमा कानूनी अथवा गैर कानूनी रुपमा जाने गर्दछन् । आफ्नो सपना बोकेर धेरै जसो नेपालीहरु ऋणको आर्थिक भार बोकेर युके, अमेरिका लगायत अन्य विकसीत मुलुकमा जाने गरेका छन् । नेपालबाट बाहिरिनेहरु केही व्यक्तिहरुले आर्थिक, उन्नति राम्रो गरेर घर, घडेरी ,गाडी खरिद गरेर जीवन सहज बनाएका छन् । तर, धेरै जसो नेपालीहरु बैंकबाट ऋण लिएर जोड्दा बैंकको साँवा ब्याज तिर्न समेत समस्या परिरहेको छ ।

नेपालीहरु विदेशमा गएतापनि दक्ष सिप र भौगोलिक अनुसारको अनुभव नहुँदा विदेशमा आफुले सोचे जस्तो आय आर्जन गन सकेका छैनन् । कतिपय नेपालीहरु त विदेशमा बिलासी जिवन बिताएर बस्ने गरेका छन् । नेपालीहरुसँग प्राय दक्ष सिप नहुने भएकोले विकसीत मुलुकहरुमा भाडा, सरसफाई, एजकेयर, कन्स्ट्रक्सन, कृषि र औद्योगीक क्षेत्र होटल र वर्कसप र डिजेल र पेट्रोल पम्पहरुमा काम गर्ने गरेका छन् । हप्ताको डबल सिफ्ट ६–७ दिन काम गरेर महिनाको खर्च टार्नुपर्ने अवस्था रहेको छ । नेपालबाट प्राय विकसीत मुलुकतिर जाने विद्यार्थीहरु बढी हुन्छन् ।

विद्यार्थीको लागि विकसीत राष्ट्रहरुले कडा निगरानीका साथ, निति, नियममा पनि कडाई गरिरहेको छ । विद्यार्थीको लागि त्यहीभएर हप्ताको ६,७ दिननै काम गर्न कठिनहुन्छ र गैर कानूनी तरिकाले विद्यार्थीहरु काम गर्न बाध्य भइरहेका छन् । पछिल्लो समय विश्व नै अर्थतन्त्रको चपेटामा परेको कारण त्यहाँ जाने नेपाली विद्यार्थी घरको न घाटको भइरहेका छन् । कामको लागि विद्यार्थीहरु भौतारिएको हामीले विभिन्न सामाजिक सञ्जाल मार्फत् समाचारहरु सार्वजनिक हुने गरेका छन् । विकसीत मुलुकमा बीमा र ट्याक्स सबै जोडिँदा जीवन साँच्चिकै किस्ताको जिन्दगी बन्न पुग्छ । यसरी भौतिक प्रगति भएजस्तो देखिएपनि बास्तविकता अर्कै रहेने गर्छ । उनिहरुले प्रायजसो अफिसमा आफुले सोचे जस्तो काम नपाउने र पाइहालेतापनि थोरै घण्टा र थोरै पैसामा काम गर्नुपर्ने बाध्यता त्यतिकै छ । त्यसले गर्दा नेपालीहरुले आर्थिक प्रगति गर्न सकेका छैनन् । एकातिर नेपालमा भएको आर्थिक समस्या अर्कोतिर विदेशमा गएर आर्थिक उन्नति गर्न नसक्नुले पनि विदेशमा पढ्ने युवा युवतीहरु समस्यामा पर्ने गरेका छन् ।

संघर्षको चाङ् बोकी विकसीत मुलुकमा गएका नेपालीहरुले अझैपनि संघर्ष गरिरहेका छन् । पहिलो पुस्ता धेरैको नेपाल फर्कने चाहाना देखिन्छ तर, त्यति सहज चाहि छैन । विकसीत मुलुकमा आफ्नो पारिवारीक जिवन बिताइरहेका परिवारमा बालबालिकाको शिक्षा र जीवनशैली प्रति चिन्तित रहेको पाइन्छ । स्वदेश फर्केपछि उनीहरुको भविष्य के हुन्छ भन्ने प्रश्न अभिभावकको मनमा पर्ने गर्छ । त्यसबाहेक नेपालको यथार्थ विश्व सामु लुकेको छैन राजनीतिक अस्थिरता, बेरोजगारीको समस्य, गुणस्तरहीन शिक्षा, स्वास्थ्य क्षेत्रभित्र हुने खेलवाड, महँगी र भ्रष्टाचारीपनको कारण कतिपय विदेशीयका नेपालीहरु नेपाल फर्कने आट गर्न सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *