अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपाली मध्यराति काठमाडौंमा अवतरण, डिर्पोट हुनेको संख्या बढ्दो

विविध समाचार

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरु मध्यराति काठमाडौं अवतरण भएका थिए ।

अमेरिकाको अध्यागमन कानून उल्लंघन गरेको भन्दै ३७ जना नेपालीहरुलाई आइतबार मध्यराति चार्टर्ड विमानमार्फत् काठमाडौंं ल्याएर छाडेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक रहेको छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनाएको छ । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *