काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।
आजको बैठक शुरु हुना साथ विपक्षी दलहरुले उठेर अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।