प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई प्रचण्डको निर्देशन

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।

सोमबार आफ्नो निवास खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै प्रचण्डले निर्बिरोध नेतृत्व चयन गरेकोमा खुशी व्यक्त गरेका छन् । प्रचण्डले वाइसिएल माओवादी केन्द्रको लडाकु संगठन भएको बताउँदै प्रचण्डले पार्टीको आदेश पालन गर्ने स्पिरिटका साथ सहमति गरेको प्रति सन्तोष व्यक्त गरेका थिए ।

प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने निर्देशन समेत दिएका हुन् । ‘उनले प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन् । अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो । तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु ।’भनि उल्लेख गरेका छन् ।

उनले पदाधिकारी बढी बनाएको भएपनि यसले संगठनलाई चुस्त बनाउन मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *