काठमाडौं । २०७२ सालको संविधान जारी गर्दा डा. बाबु भट्टराईले संविधान सभा सदस्यबाट राजीनामा दिएका थिए । तत्काली प्रधानमन्त्री थिए स्व.शुशील कोइराला । स्व. शुशील कोइराला प्रधानमन्त्री हुँदा जारी भएको नेपालको संविधान २०७२ भारतलाई अपाच्य भएको थियो । उसले चाहेजस्तो संविधान जारी नभएको कारण संशोधन गर्नुपर्ने माग राख्दै आएको थियो । भारतले भनेअनुसारको संविधान अहिलेसम्म नेपालको संविधान संशोधन भएको छैन । त्यसयता नेपालमा भारतले विभिन्न तरिकाबाट खेल्दै आएको थियो । दलहरुको सरकार पनि स्थिर हुन दिएको थिएन । बामपन्थी र रास्वपाको सरकार ढालेर एमाले र माओवादीको सरकार बन्यो । त्यो सरकार पनि केही महिनाभन्दा टिक्न सकेन ।
त्यसपछि कांग्रेस र एमालेले सरकार बनाएका थिए । देशमा कांग्रेस एमालेको दुईतिहाइ बहुमतको सरकार बनेको दिनदेखि भारतले त्यसलाई ढाल्नको लागि विभिन्न प्रयासहरु गरिरहेको थियो । त्यसको बाबजुद पनि कांग्रेसको र एमालेको सरकार १४ महिना टिक्यो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भारतले लिपुलेक र लिम्पियाधुराको नेपाली भू–भाग भारतले मिचेको भाषण चीनमा गरेपछि भारत केपी ओलीसँग झन् रुष्ट बन्न पुगेको थियो । चीन भ्रमण सकेर स्वदेश फर्किएका तत्कालीन प्रधानमन्त्री ओली गत भदौको ३१ गते भारत भ्रमणमा जाने तयारी गर्दै थिए । तर, भदौ २३ र २४ गते नै जेनजी आन्दोलनले ओली सरकार नै ढल्न पुग्यो ।
ओली सरकार मात्रै ढलेन ७६ जना व्यक्तिले ज्यानसमेत गुमाए । त्योसँगै देशको भौतिक संरचनादेखि राजनीतिक दलहरुको घरमा समेत तोडफोड, आगजनी र लुटपाट भयो । त्यसले गर्दा नेपालको राजनीति कहाँ र कसले चलाउँछ भन्ने कुरा छर्लङ्ग हुन्छ । एमाले र कांग्रेसका नेताहरु केही महिना यतादेखि भारत भ्रमणमा निस्किएका छैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई यही पुस ६ गते दिल्ली भ्रमणमा गएका थिए । त्यसक्रममा भट्टराईले मुब्बईसम्मको भ्रमण गरेर स्वदेश फर्किएपछि काठमाडौंका मेयर बालेन शाहलाई भेट्न पुगेका थिए । डा. भट्टराईको सो भेटले रवि र बालेनलाई एक ठाउँमा ल्याइदिएको छ ।
जेनजी आन्दोलनपछि डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएका थिए । त्यसपछि भट्टराई कहिले दिल्ली त कहिले बालेनको कार्यालयतिर धाइरहेका थिए । प्रधानमन्त्री शुशीला कार्कीको सपथग्रहणमा पनि पछाडि बसेर ताली बजाइरहेका थिए । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सहकारी ठगी काण्डमा मुछिएर सर्वोच्च दोषी ठहर गरेर जेल चलान गरेका रवि लामिछानेलाई एक्कासी जेलमुक्त गराउनुृले पनि शंकास्पद खेलको रुपमा लिन सकिन्छ । त्यसले गर्दा नेपालका छिमेकी मुलुकहरुले कति खेल्दा रहेछन् भन्ने प्रमाणित हुन्छ ।

