काठमाडौं । जाडोयाम सुरु भएपछि अधिकांश नेपालीहरु वनभोज, पिकनिक र टुर भ्रमण गर्ने गर्दछन् । त्यसरी वनभोज, पिकनिक गराउनेमा धेरैजसो सहकारी, फाइनान्सहरु पर्दछन् । सहकारी, क्याम्पस र बोर्डिङ स्कुलहरुले भ्रमण र टुरको आयोजना गर्ने गर्छन् । त्यस्तै सहकारी संस्थाहरुले वार्षिक उत्सव मनाउँदा पिकनिक लाने गर्दछन् । त्योसँगै वार्षिक उत्सवको आयव्यायको लाभांश समेत आफ्ना बचतकर्ताहरुलाई वोनशस्वरुप खामबन्दि दिने चलन पनि छ । कतिपय सहकारी सञ्चालकबीच समन्वय भूमिका नहुँदा घाटामा जाने र संस्था नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सहकारीले बचतकर्ताको पैसा हिनामिना गरी भाग्नेहरुको लर्काे पनि त्यत्तिकै छन् ।
तर धेरैजसो सहकारी संस्थाहरुले बचतकर्ताको पैसा मागेको समयमा दिने र ऋण लगाउनेहरुपनि त्यत्तिकै छन् । ठुला–ठुला सहकारीहरु बचतकर्ताको पैसा हिनामिना गरेर सञ्चालक समितिहरु फरार हुदैँ आएका छन् भने थोरै लगानीमा सञ्चालन भएका केहि सहकारीहरुले पछिल्लो समय राम्रो प्रगति हासिल गर्दै आएका छन् ।
त्यसको उदाहरण लिन सकिन्छ, अरनिको बचत समुहलाई । अरनिको बचत समुहले विभिन्न बचतकर्ताहरुलाई सहुलियत दरमा ऋण दिँदै आएको छ भने ऋणीहरुले पनि लगेको ऋण सावाव्याज समयमा तिर्ने गरेका छन् । त्यसले गर्दा पनि अरनिको बचत समुहले वर्ष दिनमा आयव्यायको हिसाब गरी बचतकर्ताहरुलाई मनोरञ्जनको लागि पिकनिक आयोजना गर्दै आएको छ । यसपालि पनि संस्था ७ वर्ष पुरा गरेको उपलक्ष्यमा अरनिको बचत तथा ऋण सहकारी संस्थाले पिकनिकको आयोजना गरी गत पुस १० गते चोभारको डाँडामा सम्पन्न गरेकोे थियो ।
