अञ्जिला प्रदर्शनको एकसय दिन नजिक पुगेको अवसरमा एकसय रुपैयाँमै फिल्म हेर्न पाइने

मनोरञ्जन समाचार

काठमाडौं । अञ्जिला प्रदर्शनको एकसय दिन नजिक पुगेको अवसरमा एकसय रुपैयाँमै फिल्म हेर्न पाइने भएको छ ।

बिहीबारबाट प्रदर्शनको ९२औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ । फिल्मले एकसय दिन मनाउँदै गर्दा निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकलाई सहुलियतमा देखाउने तयारी गरेका छन् । उनले अब दर्शकलाई एकसय रुपैयाँमै फिल्म हेर्ने सहुलियत दिन लागेको जानकारी उल्लेख गरेका हुन्।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रष्ठले बताएका छन् । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । फिल्ममा एन्जिलाको अलवा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *