काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दैछ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट आज दिउँसो ३ बजे प्रस्तुत गर्ने भएका छन् । प्रदेशले सार्वजनिक गर्ने बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड ५० लाखका दरले बजेट दिइएको हो ।
सामानुपातिक सांसदलाई एक करोड ५० लाखका दरले बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले उल्लेख गरेको छ । सांसदले पेश गरेका भौतिक पूर्वाधार निर्माणका योजनालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट छूट्याइएको छ । प्रदेशको बजेटमा प्रहरीका लागि संरचना निर्माण, लगायतका कार्यक्रम पनि समावेश गरिएको मन्त्री मगरले बताएका छन् ।