काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेको छ । बैठक शुरु हुना साथ रास्वपा र राप्रपाका सांसदले उठेर नाराबाजी गरिरहेका छन् । सभामुख देवराज घिमिरेले संसदमा नाराबाजी भइरहेका बेला संसदको नियमित कारवाही अगाडी बढाएका छन् ।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र सहमतिमा आएपनि रास्वपा र राप्रपाले आफ्नो अडान छोडेको छैन ।

