प्रेस सेन्टरमा चुनावी रन्को

राजनीति समाचार

काठमाडौंं । माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरको चैत २५ गते हुन गइरहेको चौथो महाधिवेशनबाट नेतृत्व हत्याउन कडा प्रतिस्पर्धा हुँदैछ । यसपटक माओवादी केन्द्रले जनवर्गीय संगठनहरुलाई निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउन निर्देशन दिएको छ । पार्टी पनि विशेष महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेर नेतृत्व छनोट गर्ने तयारी गर्दैछ । पार्टीमा त प्रचण्ड नै सर्वेसर्वा हुनेछन् । सेन्टरको महाधिवेशन किन टाढा लगियो प्रश्न उठ्दैछ ।

माओवादीमा टिके प्रथाको अन्त गर्न व्यापक दबाब छ । भगिनी संगठनको अधिवेशन गर्ने अध्यक्ष सर्वसम्मत हुने तर कमिटी रित्तै भएको नमुना धेरै छन् । यसपटक सेन्टरलाई निर्वाचनमा होमेर नेता छान्न पार्टीले निर्देशन गरेको छ । अहिले धेरैको दाउ अध्यक्षमा छ । उपाध्यक्ष मध्ये कमल गिरी वरिष्ठ हुन् । उनी हिजो नेकपा मसालबाट एकता केन्द्र हुँदै पार्टी एकतामा जोडिएका हुन् । तर युद्ध लडेको भन्नेहरूको फुर्ति बढी देखिन्छ ।

हाँक साप्ताहिकबाट पत्रकारिता सिकेका कमल जनएकता साप्ताहिक, मूल्यांकन मासिकसम्म सम्पादक भएका थिए । पत्रकारिताकै विषयमा कलेजपढाउने गिरीसँगै उपाध्यक्षहरु निर्मल ज्ञवाली, लक्ष्मण खड्का, मनोज घर्तीमगर पनि अध्यक्षको दाबेदार भएका छन् । तर सेन्टरको वरिष्ठ उपाध्यक्ष भएकाले गिरीको हक बढी लाग्छ । किनकि अध्यक्ष विष्णु सापकोटाले संगठनबाट पार्टीतिर जोड दिएका छन् ।
पार्टीले बलराम थापालाई अगाडि सारेपनि चुनावी प्रतिस्पर्धा हुँदा कमल बलिया पात्र हुने देखिन्छ ।

एकता प्रक्रियाबाट आएकाले पनि ठाउँ पाउनुपर्छ जनयुद्धकालले मात्र नेतृत्व पाउनुपर्छ भन्ने कुरा अब प्रेस सेन्टरमा राख्नु हुँदैन सेन्टरको नाममा सरकारी सम्मान सेन्टरकै पुरस्कार समेत जनयुद्धकै सहयात्रीले मात्रै कुम्ल्याएको अवस्था छ । संकट पर्दा समर्थक खोज्ने नियुक्ति खाने जनयुद्ध लडेका हामी भन्नेहरूप्रति पनि अहिले माओवादीभित्र वितृष्णा छ । गुट र परिवारको घेरा तोड्न नसकेकै कारण पार्टीप्रतिको वितृष्णा पत्रकारहरुका बिचमा फैलिन नदिन पनि प्रेस सेन्टरले निर्वाचन प्रक्रियालाई महत्व दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *