राप्रपाका सांसदले प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलले प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले असार एक गते भत्ता नलिने जानकारी गराउँदै भत्ता राजस्वमा फिर्ता गरिदिन संसद सचिवालाई पत्र पठाएका हुन् ।

राप्रपा पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसद अबरोध भएको समयमा पनि जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *