काठमाडौं । जति पनि काँग्रेसका गृहमन्त्री भए ती अधिकांश भ्रष्टाचार मुद्धामा डामिएका छन् । यसो भन्दैमा वामदेव गौतम,नारायणकाजी श्रेष्ठहरुलाई पानीमाथिको ओभानो भन्न खोजिएको होइन । ०४६ सालपछि काँग्रेसका ११ नेताले गृह मन्त्रालय सम्हाले । जसमध्ये पूर्व गृहमन्त्रीले भ्रष्टाचारको आरोपमा प्रहरीको हिरासत पुगेका छन् । उनीहरु हुन खुमबहादुर खड्का, गोविन्दराज जोशी र बालकृष्ण खाण पर्दछन् ।
यस्तै भ्रष्टाचारको आरोप लागेका पूर्वगृहमन्त्री विजयकुमार गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भए लगतै १० लाख धरौटी बुझाएर विशेषबाट उन्मुक्ति पाए । त्यस यता उनी गुमनाम छन् । यस्तै बालकृष्ण खाँण नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा परेका थिए । उच्च अदालत पाटनले धरौटीमा छुटेका छन् । यी बाहेक भीम रावल, कृष्णबहादुर महरा पनि विवादरहित होइनन् । खिलराजको समयमा गृहमन्त्री बनेका पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले मरेपछि पनि सुख पाएनन्,उनको पत्नीलाई प्रतिवादी बनाएर माधव नेपालसँगै भ्रष्टाचार मुद्धा चलाइएको छ । अघिल्ला गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा छन् । अहिलेका मन्त्री रमेश लेखक पर्वते टिमका कारण विवादित बन्न पुगेका छन् ।
उसो त मन्त्रीहरुमात्र होइन कर्मचारीहरु पनि विवादित बन्न पुगेका छन् । भूमि मन्त्रालय हुँदै गृह छिरेका सचिवहरूलाई टेकनारायण पाण्डे अहिले कारागारमा छन् । त्यहीबाटोबाट गृह छिरेका सचिवहरू लोकदर्शन रेग्मी हुँदै गोकर्णमणि दुवाडी पनि विवादरहित बन्न सकेनन् । उसो त यी त्यही कर्मचारी हुन,जो मधेश प्रदेशमा बस्दा साइकल काण्ड,निर्वाचन आयोगमा विद्युतीय मेसिन हुँदै भूमिमा कर्मचारी सरुवामा मुछिएका प्रशासक हुन । उनले आफ्नो भाञ्जालाई अगाडि सारेर खेतीपाती गर्ने गरेको जानकारहरु बताउँछन् । त्यही कारण नापीका कर्मचारीलाई अहिले भूमिबाट गृहमा लगेका हुन भन्छन्, गोकर्णलाई चिन्ने र जान्नेहरु ।
पछिल्लो समय मन्त्री दुवाडीले निजी सचिवमा भने राजपत्र अनंकित नायबसुब्बा सरहका नापी विभागका सर्भेक्षक आनन्द बुर्लाकोटीलाई राखेका छन् ।
नाताले गोकर्णको भाञ्जा हुन बुर्लाकोटी । हिजो भूमिमा हुँदा उठ्ती पुठ्ती गर्ने उनै थिए । अहिले तिनैलाई रोजेर गृहमा लैजानुको कारण बुझ्न गाह्रो छैन । गृहका केही अधिकारीहरुका अनुसार, अध्यागमन र जिल्ला प्रशासन कार्यालयका जुनियर अधिकृतदेखि अधिकृतसम्मको सरुवादेखि बढुवामा दाम उठाउनकै लागि भान्जालाई गृह मन्त्रालयमा लगिएको हो । मामा भूमिसुधार सचिव हुँदा मन्त्रालयमा राम्रै चलखेल गरेका अमिन आनन्दले नापी र मालपोत लगायतका आकर्षक कार्यालयमा हुने आन्तरिक सरुवामा प्रिपेड र पोष्टपेड रकम उठाउने गरेको भूमिसुधार मन्त्रालय स्रोतले बतायो ।
अख्तियारले उनको पनि विशेष निगरानी गरेर छानविन थालेको बताइएको छ । त्यही कारण त अध्यागमनमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएर गृहले ती कर्मचारीहरुसँग बोलकबोलमा रकम नै उठाएको थियो भन्छन्,गृहका अधिकृतहरु । भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयबाट गृहसचिवका रुपमा आएका दुवाडीले आफ्नै भान्जा नाता पर्ने नापीका अमिनलाई गृह मन्त्रालय उठ्तीपुठ्तीमा संलग्न रहेको प्रधानमन्त्री देखि अख्तियारको समेत आँकलन रहेको छ ।
उसो त अख्तियारले रंगेहात तिर्थराज भट्टराईलाई समाउने योजना बनाएको थियो तर रात रहे अग्राख पलाउँछ भनेझैं भोलिपल्टै तिर्थलाई गृहमा तानिएको थियो । यसमा अख्तियारका उच्च अधिकारीहरुले सूचना लिक भएको आशंका गरेका छन् । अहिले अख्तियारमा सचिवका रुपमा कार्यरत रहेका नारायण शर्मा दुवाडी,गोकर्णका काकाका छोरा अर्थात भाइ हुन । रंगेहात समात्ने तयारी गरिरहँदा उनै दुवाडीले सूचना चुहाएको कारण सो सम्भव नभएको र फस्ने भयका कारण रातारात तिर्थलाई गृहमा तानिएको बताइन्छ । तिर्थले घुस खानकै लागि एउटा छुट्टै मोवाइल प्रयोग गरेको,घुसको विवरण डायरीमै टिपोट गरेर राखेका कारण उनी बच्ने सम्भवना कम रहेको बताइन्छ ।
यस अघि बूढानिलकण्ठको रोजाईमा नपरी भूमिबाट तथ्यांक कार्यालयमा फालिएका गोकर्णलाई गृह र भाई नारायणलाई अख्तियारमा लैजानुको पछाडि विचौलिया र व्यापारीको ठूलो हात रहेको जानकार बताउँछन् । चर्चित विचौलिया दिपक भट्टले प्रहरीका लागि नयाँ हतियार खरिद गर्नै योजना अनुरुप गोकर्णलाई गृह र केश मिलाउन भाइलाई अख्तियारमा पु¥याएका हुन भन्ने प्रशासकहरु पनि छन् ।
