सभामुखसँगको छलफलमा रास्वपाका नेताको अडान कायमै

राजनीति समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

सभामुखको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा संसदको अवरोध खुलाउने विषयमा छलफल भएको थियो । सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भएको उल्लेख गर्दै बजेटबारे ब्यापक छलफल गर्नुपर्ने समयमा संसद अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै यसबारेमा विचार गर्न आग्रह गरेका थिए । तर, अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग रहेको छ ।
जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताउँदै अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *